बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओलीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) संकटमा परिसकेको भनेका छन्।
बुधबार स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तर्क्रियामा बोल्दै उनले लाई आफ्ना साथीहरूले घेरा हालिसकेको भन्दै व्यंग्य गरे।
‘एकताको नाममा नचाहिँदो काम नगर्ने खालका मान्छे, अहंकारले भरिएका मान्छे थुपारेर प्रचण्डले अब देख्छन्। एक ढंगले भन्ने हो भने म खुसी छु। दोस्रो, तेस्रो, चौथो हुँदै छैटौं तहसम्मका नेता मेरै साथी हुन्। अब देख्छन् प्रचण्डले मेरा साथी कस्ता छन्।’
उनले थपे, ‘मेरा साथीले त प्रचण्डलाई घेरिसके। माओवादी पार्टी विघटन गराइसके, माओवादी पार्टी सिध्याइसके।’
उनको संकेत माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, बामदेव गौतमजस्ता नेताहरूतर्फ थियो।
‘अब नेकपा माओवादी भनेको विप्लवजीहरूको मात्र हो। प्रचण्डहरू अब माओवादी होइनन्,’ उनले भने।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया