बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी ओलीले सिमरा घटनापछि विमानस्थल नै बन्द गरेर नेताहरूलाई कार्यक्रममा जान नदिएको भन्दै आक्रोश पोखेका छन्।
बुधबार स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तर्क्रियामा बोल्दै उनले अब एमालेमाथि प्रहार गर्न खोजे एमाले पछि नहट्ने उद्घोष गर्दै प्रतिवाद गर्ने चेतावनी दिए।
उनले भने, ‘एयरपोर्टमै तोडफोड गर्न दिइयो, ५०/६० जना मान्छे आएर ढुंगामुडा गरेर एयरपोर्ट नै बन्द गराइदिने, के हो यस्तो? जति बेला चाह्यो जेनजी भन्यो विमानस्थल बन्छ, सभा गर्न नदिनेले चुनावमा कसो गर्छ?’
बुधबार बारामा एमालेको जनसभामा जान लागेका नेताहरू महेश बस्नेत र महाहसचिव शंकर पोखरेल लगायतलाई रोक्न जेनजी युवाहरूले विमानस्थलमा प्रदर्शन गरेका थिए।
एमाले कार्यकर्ता र जेनजीबीच झडपको स्थिति बनेपछि प्रशासन कार्यालयले राति ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया