बिएल संवाददाता
रामराज्य परिषद्ले रामराज्य व्यवस्थाको लक्ष्य र उद्देश्यसहितको मार्गचित्र प्रस्तुत गरेको छ।
नेपालको कायापलट गर्नकै लागि अपराधिक विपन्न कलियुग कालोयुगलाई सत्ययुग समृद्धयुगमा बदल्नकै लागि नेपालमा रामराज्य व्यवस्था चाहिएको परिषदका धर्माध्यक्ष जगतबहादुर थापा बताउँछन्।
‘नेपालको आवश्यकता भनेकै वैदिक बैज्ञानिक रामराज्य व्यवस्था हो। त्यसैले हामी सबै रामराज्य व्यवस्थामा लागौं। सत्य सनातन राष्ट्रवादी संगठन रामराज्य परिषद् नामक संगठनले निकै अनुसन्धान गरेर रामराज्य व्यवस्थाको विकास गरेको हो। जनसमक्ष ल्याएको हो,’ थापा भन्छन्।
परिषद्ले सार्वजनिक गरेको लक्ष्य र उदेश्यअनुसार वि.सं. २०९० सम्म आयु १०० वर्ष, प्रतिव्यक्ति आय १० हजार डलर पुर्याउने बताइएको छ। जबसम्म नेपालीको आयु र आय उदेश्य अनुरुप हुदैन, तबसम्म राष्ट्रिय आपातकाल र आर्थिक संकटकाल लगाउनु जरुरी रहेको परिषद्ले भनेको छ।
यस्तो छ परिषद्ले सार्वजनिक गरेको मार्गचित्र:-
१) व्यक्तिवादी प्रबृत्ति र पैसामुखी सोच बोक्ने पश्चिमा शिक्षाको सट्टा आफ्नै नैतिक वैदिक सँस्कृत योग गुरुकुल आयुर्वेदिक र सीपमूलक शिक्षालाई अनिवार्य गरिन्छ। अंग्रेजीको सट्टा संस्कृतलाई अनिवार्य गरिन्छ। शिक्षाको सामाजिकीकरण गरिन्छ। शिक्षक दरबन्दीको सट्टा विद्यार्थी योग्यता प्रणाली लागू गरिन्छ। शिक्षा पाप्ती हेतु विदेश धाउनु पर्ने अवस्थाको अन्त्य गरिन्छ। सबै तहको शिक्षा नि:शुल्क गरिन्छ। पढिसकेपछी विदेश जान पाँइदैन। मुलुकमै रहेर काम गर्नु पर्दछ।
२) सबै खाले उपचार स्वदेशमै नि:शुल्क गरिन्छ। उपचारका लागि विदेश जानू पर्ने अवस्थाको अन्त्य गरिन्छ। नेपालीको औसत आयु १०० गरिन्छ। त्यसको लागि स्वास्थ्यका लागि हानिकारक ठहरिएका बस्तुहरू चिया, चिनि, पान, गुट्का, सुपारी, मैदा, मैदा परिकार, आयोडिन धुलो नुन, रिफाइन तेल, बोइलर कुखुरा, मध्यपान, धूम्रपान, विरुद्ध आहार सबै बन्द गर्नुपर्छ। सब्जी र अन्न बराबर खाने गर्नुपर्छ। बिहान ८ बजेसम्म मनतातो पानीबाहेक केही खानु हुँदैन। ९ बजे भोजन, १ बजे फलफूल ५ बजे साँझको तातो भोजन अबश्य गर्नुपर्द्छ। खाना डाडु र पन्युले पस्कनु पर्दछ। पकाएको ४५ मिनेटभित्रै खानु पर्दछ। खानेथालमा चुठ्नु हुदैन। दिनहुँ १०० वर्ष बाच्ने प्रण गर्नु पर्दछ।
३) वैदेशिक रोजगार बन्द गरिन्छ। सबैलाई स्वदेशमै काम गर्न अनिवार्य गरिन्छ। २५ लाख युवाहरूलाई नेपाली सेना, हरित सेना, पर्यटन सेना, विकास सेना र औद्योगिक सेनामा भर्ति गरिन्छ। १५ वर्ष सेवा पुर्याएका सबै कर्मचारी शिक्षकलाई अनिवार्य पेन्सन दिने व्यवस्था गरिन्छ।
४) १०८ सदस्यीय आर्थिक अपराध छानबिन नागरिक आयोग गठन गरि २०४७ सालदेखि राज्यकोषबाट रकम लिएकाहरूको सम्पत्ती छानबिन गरि अबैध सम्पत्ति जफत गरिन्छ। अपराधीलाई जेल हालिन्छ।
५) विदेशलाई नागरिकता दिन बन्द गरिन्छ र पलायन भएकाहरूलाई स्वदेश फर्काइन्छ। दोहोरो नागरिकता खारेज गरिन्छ।
६) खुला सीमाना बन्द गरिन्छ। मलेसिया र सिंगापुरमा जस्तै राहदानीको प्रयोगलाई अनिवार्य गरिन्छ। सबै राष्ट्रहरूसंङ्ग समान व्यवस्था गरिन्छ। जसले नेपालीलाई एयरपोर्टमा भिसा दिन्छ, उसलाई मात्र नेपालमा उस्तै प्रकारको ब्यवहार गरिनेछ। अमेरिकाले हामीलाई भिसा लगाउन भन्छ तर उनीहरू नेपाल आउँदा एयर पोर्टमै तत्काल भिसा दिनुपर्द्छ। समान ब्यवहार छैन।
७) संवैधानिक संस्था लोकपालको व्यवस्था गरिन्छ। मानव अधिकार आयोग, महालेखापरीक्षकको कार्यालय र उपभोक्ता संरक्षण आयोगलाई अभियोजनाको अधिकार प्रत्यायोजन गरिन्छ। बाँच्नको लागि आबश्यक आबश्यकता भन्दा बढी संम्पत्ति संचय गर्ने व्यक्ति अपराधि हुने व्यवस्था गरिन्छ।
८) १६ वर्ष उमेर पुगेका र नागरिकता लिएकाहरूलाई मतदानको अधिकार उपलब्ध गराइन्छ।
९) जबसम्म नेपालीहरूको प्रतिव्यक्ति आय १० हजार अमेरिकी डलर हुँदैन तबसम्म नेपालीहरूलाई विदेश जान रोक लगाउने मात्र नभइ घर जग्गा खरिद विक्रिमा पनि रोक लगाइन्छ। तबसम्म जनप्रतिनिधि भन्नेहरूलाई मात्र नभइ सुरक्षाकर्मी बाहेक कसैलाई पनि तलब तथा सुबिधा दिइने छैन। आफ्नो सुरक्षा आफैं गर्नुपर्दछ। सुरक्षार्थ सुरक्षाकर्मी दिइनेछैन।
१०) निर्वाचन प्रणालीको अत्याधुनिकीकरण गरिन्छ। निर्वाचनमा पैसा खर्च गर्नुपर्ने अवस्थाको अन्त्य गरिन्छ।
११) अहिलेको पैसा नहुने र मुद्दा लड्न नसक्ने नागरिक अन्यायमा मर्नु पर्ने अवस्थाको अन्त्य गरिन्छ। सबै नागरिकलाई निशुल्क न्याय उपलब्ध गराइन्छ।
१२) वडापिच्छे खोलिने अनलाइन कृषि उत्पादन खरिद बिक्रि केन्द्र मार्फत सबै कृषकको सबै उत्पादन राज्यले नै उचित मुल्यमा किन्नु नै पर्ने व्यवस्था गरिन्छ ताकि कृषकलाई बजार खोज्न नपरोस्। कृत्रिम मलको सट्टा जैविक मल र अर्गानिक खेतीलाई प्रोत्साहन गरिन्छ।
१३)राष्ट्रमाथिको ॠण र ब्यापार घाटा दुवैको न्यूनीकरण गर्दै वैकल्पिक उर्जामा चल्ने यातायातका साधन प्रत्येक घरले चलाउन पाउने व्यवस्था गरिन्छ।
१४) गाँजा, भाङ्ग, धतुरो जस्ता औषधिजन्य बस्तुहरू उत्पादन निर्यातलाई प्रतिस्पर्धात्मक बनाइन्छ।
१५) १०% कर भन्सार राजस्व तिरेर जसले जुन परिणाममा पनि सुन र डलरको आयत निर्यात गर्न पाउने व्यवस्था गरिन्छ।
१६) पर्यटन नितिलाई फराकिलो पार्दै दुवै छिमेकी देशबाट वर्षैपिच्छै २ करोड पर्यटक भित्र्याउने भरपर्दो व्यवस्था गरिने छ। चिनसंग चिनियाँ र नेपाली संस्कृत भाषा सिक्ने सिकाउने दरिलो संझौता गरिन्छ। छात्रवृत्तिको व्यवस्था गरिन्छ।
१७) पहिले हामी सार्वभौम बनौं। त्यसको लागि राजनीतिक हैसियतमा निर्णायक, आर्थिक हैसियतमा समपन्न, सामाजिक हैसियतमा सम्मानित, साँस्कृतिक हैसियतमा लोकप्रिय, धार्मिक हैसियतमा वैदिक सनातन धर्मावलम्बी, आध्यात्मिक हैसियतमा योगी, सन्त महन्त उपासक साधक, नागरिकको हैसियतमा देशभक्त स्वाभिमानी राष्ट्रवादी बन्नु बनाउनु नै हाम्रो जिवनको लक्ष्य उदेश्य सबै हुनुपर्छ यहि उदेश्य पाप्तिहेतु निरन्तर संघर्षरत बनौं।
(रामराज्य व्यवस्था के हो? यो व्यवस्थामा के के हुन्छ? विस्तृत विवरणको लागि यसका दस्तावेजहरू रातो किताब, यसको आठौं संविधानमा उल्लेख गरिएको धर्माध्यक्ष थापा बताउँछन्।)
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया