बिएल संवाददाता
सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्तासँगै मधेस प्रदेशसभाभित्र कोलाहल उत्पन्न भएको छ। सभामुख मण्डल र एमाले सांसदले सात दलका सांसदमाथि हातपात गरेका छन्।
मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्तासँगै प्रदेश सभामा झडपको स्थिति बनेको छ।
सभामुखको बचाउमा गएका एमालेका नेता-कार्यकर्ताहरू र अविश्वास प्रस्ताव दर्ता गर्न गएका सात दलका सांसदबीच हात हालाहालको अवस्था बनेको हो।
सभामुख मण्डलले लोसपाका उपेन्द्र महतो र जनमतका महेश यादवलाई आफ्नै सचिवालयभित्र कुटपिट गरेका छन्। एमाले कार्यकर्ताहरूले पनि अन्य दलका नेताहरूमाथि हातपात गरेका छन्।
प्रदेश सभा रणमैदान बन्न लागेपछि प्रहरीले सभामुखको सचिवालयमा बाहिरबाट तालाबन्दी गरिदिएको छ। कर्मचारीहरूले सभाहलको बिजुली बन्द गरिदिएका छन्। यतिबेला सात दलका सांसदहरू भित्रै थुनिएका छन्।
प्रदेश सभा बाहिरको माहोल यतिबेला पनि तनावपूर्ण छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया