बिहिबार, १३ नोभेम्बर २०२५

मधेसमा भाँडभैलोः सभामुखले सांसद कुटे, कर्मचारीले बत्ती काटिदिए

बिएल संवाददाता

बिएल संवाददाता

जनकपुरधाम
News Image
• • •

सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्तासँगै मधेस प्रदेशसभाभित्र कोलाहल उत्पन्न भएको छ। सभामुख मण्डल र एमाले सांसदले सात दलका सांसदमाथि हातपात गरेका छन्।

मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्तासँगै प्रदेश सभामा झडपको स्थिति बनेको छ।

सभामुखको बचाउमा गएका एमालेका नेता-कार्यकर्ताहरू र अविश्वास प्रस्ताव दर्ता गर्न गएका सात दलका सांसदबीच हात हालाहालको अवस्था बनेको हो।

सभामुख मण्डलले लोसपाका उपेन्द्र महतो र जनमतका महेश यादवलाई आफ्नै सचिवालयभित्र कुटपिट गरेका छन्। एमाले कार्यकर्ताहरूले पनि अन्य दलका नेताहरूमाथि हातपात गरेका छन्।

प्रदेश सभा रणमैदान बन्न लागेपछि प्रहरीले सभामुखको सचिवालयमा बाहिरबाट तालाबन्दी गरिदिएको छ। कर्मचारीहरूले सभाहलको बिजुली बन्द गरिदिएका छन्। यतिबेला सात दलका सांसदहरू भित्रै थुनिएका छन्।

प्रदेश सभा बाहिरको माहोल यतिबेला पनि तनावपूर्ण छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!