बिएल संवाददाता
नेपाली कम्युनिष्ट पार्टीको सहसंयोजक माधव कुमार नेपालले पार्टीको एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरूको सात्तो गएको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा उनले एकताको अभियान अगाडि बढि रहेको देखेर कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरूको सात्तो गएको भन्दै त्यसरी होस गुमाउन र गालीगलौजमा उत्रिनु पर्ने आवश्यकता नभएको बताए।
उनले भने, ‘एकताको प्रक्रिया अगाडि बढिरहेको छ। एकताको अभियान अगाडि बढि रहेको छ। यो एकताको अभियानले नेपालको राजनीतिमा तरङ्ग पैदा गरेको छ। कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको हुनुपर्छ। उनीहरूको होस हवास गुमेको हुनुपर्छ। तर होस गुमाउनु आवश्यक छैन। गाली गलौजमा उत्रिनु पर्ने आवश्यकता छैन। बरु हामीलाई धन्यवाद दिनु ‘मैले त बिगारे तपाईंहरू सपार्नु’ भनेर धन्यवादको प्रस्ताव पास गरे हुन्छ। धन्यवादको प्रस्ताव पास गर्नुभयो भने त्यसले हाम्रो घाउमा मलमको काम गर्नेछ।’
यस्तै, उनले पार्टी र पार्टीका नेता, कार्यकर्ताहरूमा रहेको विकृति र विसंगतिहरूलाई बिर्सियो भने नयाँ बोतलमा पुरानो रक्सी भन्ने भनाइ दोहोरिन बेर नलाग्ने पनि बताए।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया