बिएल संवाददाता
गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उपनिर्वाचनमा जित्न नसके पनि सिक्न पाएकाे प्रतिक्रिया दिएका छन्।
उपनिर्वाचनअन्तर्गत इलाम- २ लज्जास्पद हार व्यहाेरेपछि सभापति लामिछानेले सहर्ष ढंगले पराजय स्वीकारेकाे प्रतिक्रिया दिएका हुन्।
शनिबार सम्पन्न इलाम- २ काे उपनिर्वाचनमा रास्वपाका उम्मेदवार मिलन याेङहाङ लिम्बु जमानत नै जफत हुने गरी एमाले उम्मेदवारसँ पराजित हुँदै चाैथाे भएका थिए।
यस हारपछि टिप्पणी गर्दै सभापति लामिछानेले बनेका छन्, ‘हामीलाई मत दिनु हुने र मतसँगै ठुलो संन्देश दिनुहुने सबैप्रति आभारी छु। रास्वपा उमेदवार मिलन लिम्बुलगायत अहोरात्र खट्नु हुने सिङ्गो पार्टी पंक्तिलाई धन्यवाद। जित्न सकिएन, सिक्न सकियो।’
उनले इफ र बट (यदि र तर)काे सहार नलिई जिम्मेवारपूर्ण तरिकाले निर्वाचनबारे अभिव्यक्ति दिन पार्टी सदस्यहरुलाई अनुराेध गरेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया