बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वरा)ले इलाम-२ काे उपनिर्वाचनबारे केन्द्रीय समितिको आगामी बैठकमा गहन समीक्षा गर्ने बताएका छन्।
इलाम-२ मा शनिबार भएकाे उपनिर्वाचनमा रास्वपाकाे जमानत जफत भएपछि पार्टी प्रवक्ता डा. मुकुल ढकालले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्ताे बताएका हुन्।
उनले निर्वाचन परिणामले आफूहरूकाे प्रयासहरूमा कैयन कमीकमजोरी रहेको इंगित गरेको दाबी गरेकाे छन्।
प्रवक्ता ढकालले सही समयमा घण्टी नबजाएर बजाइदिएको सांकेतिक घण्टीले आफूहरूलाई सचेत गराएको समेत उल्लेख गरेका छन्।
‘सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ। हामीलाई दिनुभएको मतका लागि सम्पूर्ण इलाम क्षेत्र नं. २ का मतदाताहरूप्रति कृतज्ञता र आभार प्रकट गर्दछौँ’, उनले भनेका छन्, ‘नतिजा हाम्रो अनुकूल नआएपनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं। साथै निर्वाचन अभियानमा समर्पित भई अथक परिश्रम गर्नुभएका पार्टी सदस्य तथा शुभचिन्तकहरूप्रति पनि हार्दिक सम्मान तथा धन्यवाद व्यक्त गर्दछौं।’
इलाम- २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेका थिए। उनकाे जमानतसमेत जफत भएकाे छ।

‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया