बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर भएका कारण कम मत आएको स्पष्टीकरण दिएका छन्।
इलाम- २ मा राप्रपा नेपालबाट उम्मेदवार बनेका गणेशबहादुर चौहानले केवल ४३ मत प्राप्त गरेपछि अध्यक्ष थापाले यस्तो बताएका हुन्।
अध्यक्ष थापाले वर्तमान भ्रष्ट व्यवस्थाप्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको लोकप्रियता बढिरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्नेबारे नयाँ शिराबाट सोच्न आह्वानसमेत गरेका छन्।
उनले भनेका छन्, ‘ईलाममा पार्टी संगठन कमजोर थियो, प्रचार अभियान प्रभावकारी थिएन। थोरै भोट आउनु स्वभाविक हो। वर्तमान भ्रष्ट व्यवस्थाप्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको लोकप्रियता बढीरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्ने वारे नयांशिराबाट सोच्न आह्वान गर्दछु।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया