बिएल संवाददाता
बालुवाटारस्थित ललिता निवासको करिब एक सय ३६ रोपनी जग्गा सरकारका नाममै कायम हुने विशेष अदालतको फैसलाले गैरआवासी नेपाली संघलाई करोडौको नोक्सानी भएको छ । यो निर्णयसँगै संघको तीन रोपनी जग्गा र त्यसमा बनेको भवनको स्वामित्व गैरआवासीय नेपाली संघले गुमाएको छ।
शेष घले अध्यक्ष भएको बेला २०७२ जेठ १४ गते गैरआवासीय नेपाली संघले बालुवाटारस्थित ललिता निवासको तीन रोपनी जग्गा १२ करोड ७२ लाखमा किनेको थियो । जग्गा पास नहुँदै तत्कालिन प्रधानमन्त्री सुशील कोइरालालाई भवन शिलान्यास गराएर १७ करोड लगानी भवन बनाएको थियो ।
गैरआवासीय नेपाली संघको पावर र पहुँच भएपछि जे पनि गर्न सकिन्छ भन्ने सोच राखेर संघका तत्कालिन अध्यक्ष घलेले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुख्य लगानीकर्ता मीनबहादुर गुरूङसँग विवादास्पद जग्गा किनेका थिए । जग्गा खरिदका लागि उनले आफ्नै अध्यक्षतामा उपाध्यक्षद्वय भवन भट्ट र सोनाम लामा, कोषाध्यक्ष बद्री केसीसहितको पाँच सदस्यीय समिति बनाएका थिए ।
समिति बनाइए पनि जग्गा किन्ने क्रममा उपाध्यक्षद्वय भट्ट र लामा चल्तापूर्जा थिए । अझ, त्यसमा पनि लामा नै निर्णायक थिए। आफ्ना विश्वासपात्र लामाकै योजनाअनुसार घलेले विवादास्पद जग्गा किन्ने निर्णय गरेका थिए । जग्गा कारोबारमा लामाका व्यापारिक साझेदार समेत रहेका भाटभटेनीका मालिक गुरूङले घले, भट्ट र लामालाई एक एक करोड कमिशन दिएको समाचार त्यही बेला सञ्चारमाध्यममा आएको थियो । त्यतिबेला त्यो जग्गाको दाम रोपनीको १२ करोड २४ लाख आफैंमा धेरै थियो ।
यो जग्गा प्रकरणका मुख्य अभियुक्त घले अहिले आफ्नै गैरआवासीय नेपाली संघको अर्को दोकान चलाइरहेका छन्। लामाले अर्कै संस्था दर्ता गराएका छन् भने भट्ट ओशो सन्यासी भएका छन् ।
अब प्रश्न उठ्छ, के संसारभरका गैरआवासीय नेपालीको पसिनाको कमाइ अब स्वाहा नै भएको हो त ? गैरआवासीय नेपालीहरू भन्छन्, त्यो रकम तत्कालिन जग्गा खरिद समितिमा रहेकालाई भागबण्डा लगाएर तिराउनुपर्छ । उनीहरूले तिर्दैनन् भने यसका लागि तत्कालिन कार्यसमिति नै जिम्मेवार भएकाले उनीहरू सबैले जिम्मेवारीअनुसार तिर्नुपर्छ ।
प्रकाश र रिमा : दलितका नाममा नयाँ ‘तरमारा’
अमेरिकाको पहिलो निशानामा १,३५६ नेपाली
दिनेशको मृत्यु : पत्रकारको कि बालेनको चुनाव क्याम्पेनरको ?
किन लुकाए मानार्थ डाक्टर के पी ओलीले शैक्षिक योग्यता ?
समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया