बिएल संवाददाता
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वैशाख ३१ गते विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन्।
मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते विश्वासको मत लिने गरी शुक्रबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन्।
प्रदेशसभाको अधिवेशन सोही प्रयोजन र बजेट छलफलका लागि आव्हान भइसकेको छ। कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कार्कीले बुधबार नै शपथ ग्रहण र पदभार ग्रहण गरिसकेका छन्।
यस्तै उनले आफ्नो क्याबिनेटमा एमालेबाट रामबहादुर राना र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरिसकेका छन्।
अर्कोतर्फ उनको नियुक्ति प्रक्रियाविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने सर्वोच्च अदालतमा बुधबार नै रिट दायर गरेका छन्। उक्त रिटमाथि बिहीबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने जनाएको छ।
यस्तै पूर्ण सुनुवाइका लागि जेठ ९ गतेको लागि समय तोकिएको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया