बिएल संवाददाता
प्रेस चौतारी नेपाल माइपश्चिम क्षेत्रीय कमिटीका उपाध्यक्ष लक्ष्मी अधिकारी विहेको तिथीमितिकै दिन लापत्ता भएका छन्।
कमल ६ दहचौक घर भएका उनी शनिबार विहानदेखि विवाहकै अघिल्लो दिन एकाएक बेखबर भएका हुन्।
स्रोतका अनुसार तेह्रथुमकी एक जना युवतीसंग विवाहको मिति आज नै तय भएको थियो। विहेका लागि जन्ती जान घर भरि नातागोता ,आफन्तहरु अधिकारीको घरमा भेला सकेका थिए। तर, वेहुला केटो नै विहानै देखि सम्पर्कविहीन भएपछि विहेनै भाडिन पुगेको छ।
दमकको संयुक्त कलाकर्मी सहकारीमा काम गरिआएका अधिकारी लापत्ता भएको खबर केटी पक्षले थाहा पाएपछि केटी पक्षले यस विषयलाई कानुनी रुपले उठाउने तयारी गरेको बुझिएको छ।
पत्रकारितामा काम नै नगरेका उनलाई चौतारीले केवल सदस्यता संख्या बढाउन उद्देश्यले कमिटीमा समावेश गरेको थियो। चौतारीकै एक जना अगुवाले ती अधिकारीलाई संगठनको नाममा पैसा संकलन लगायतका गतिविधिमा जिम्मेवारी दिदैआएको बताउँछन्। उनकै सदस्यताका विषयलाई चौतारीले नेपाल पत्रकार महासंघमा समेत लफडा मच्याउदैआएका थिए। लापत्ता अधिकारीले कुनै अन्य केटी लिएर हराएको हुन सक्ने अनुमान गरिएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया