बिएल संवाददाता
नवलपरासी पूर्वमा घाँस काट्न जंगल गएका सासू–बुहारी मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा विनयीत्रिवेणी गाउँपालिका– १ की ६० वर्षीया मनादेवी पौडेल र उनकी बुहारी २८ वर्षीया विष्णु पौडेल रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वकाअनुसार उनीहरु आइतबार गाउँ नजिकै खहरे जंगलमा घाँस काट्न गएका थिए। घाँस काटेर नर्फिएपछि खोजतलास गर्दा गएराति १० बजेतिर दुवै जनाको शव फेला परेको थियो।
उनीहरुलाई बाघले आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ। यद्यपी अहिले शवलाई मध्यविन्दु अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया