बिएल संवाददाता
स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ। व्यवहारिक सीप मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताएका हुन्।
जिल्लाकै पुरानो सो सामुदायिक विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ। विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्करुपमा कपाल काट्न तालिम सञ्चालन गरेको हो।
'विद्यार्थीलाई किताबी ज्ञानले मात्रै पुग्दैन, उनीहरुलाई व्यवहारिक, जीवनोपयोगी खालका प्राविधिक ज्ञान सीप आवश्यक हुन्छ', प्रअ पराजुलीले भने, 'आज सिकेको सीपलाई भविष्यका दिनमा प्रयोग गरी व्यावसायिक बन्दै आर्थिक उपार्जन गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ।'
भविष्यमा स्वदेशमै व्यावसायिकरुपमा आफूले जानेको सीपको प्रयोगमार्फत आम्दानीसित जोडिनका लागि सहयोग पुग्ने दाबी उनको छ। वैदेशिक रोजगारीमा जाँदा पनि सीप सिकेर जाँदा राम्रो हुने भएकाले प्राविधिक ज्ञान सीप विद्यार्थीलाई दिन थालिएको उनले बताए।
'विद्यालयले व्यवहारिक ज्ञान सीप बाँड्ने अभियानमार्फत पहिलोपटक कपाल काट्ने सीप सिकाउन सुरु गरेको हो', उनले भने, 'आगामी दिनमा विद्यार्थीको रुचिअनुसारका तालिम सञ्चालन गर्दै अगाडि बढ्छौँ।' विद्यालयको आन्तरिक स्रोतबाट वार्षिक कार्ययोजनाअन्तर्गत छात्रछात्रा लक्षित कपाल काट्ने सीप सिकाइएको हो।
प्राविधिक ज्ञान सीप भएको मानिस बेरोजगार बस्न नपर्ने भएकाले यसको महत्त्व उच्च रहेको प्रशिक्षक सुनबहादुर घर्तीले बताए। विद्यालय परिसरभित्रै प्रशिक्षक घर्तीले विद्यार्थीलाई आलोपालोरुपमा कपाल काट्न सिकाउँदै आएका छन्।
पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्दै जाँदा भुम्रे माविले प्रयोगात्मक विधिमार्फत विद्यार्थी आकर्षण गरेको हो। विद्यालयले सैद्धान्तिक ज्ञान र व्यवहारिक ज्ञान सँगसँगै अगाडि बढाएको हो।
किन लुकाए मानार्थ डाक्टर के पी ओलीले शैक्षिक योग्यता ?
समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया