बिएल संवाददाता
पोखरा महानगरपालिका-१६ का किसानलाई अनुदानमा मौरीका घार वितरण गरिएको छ।
वडास्तरीय कृषि सञ्जालद्वारा आज लामाचौरमा आयोजित एक कार्यक्रमबीच रु चार लाख मूल्यबराबरका एक सय वटा आधुनिक घार किसानलाई वितरण गरिएको हो।
उत्तीसको काठ र टुनीका फ्रेम प्रयोग गरिएका र रु चार हजार पर्ने घार पोखरा महानगरपालिकाको ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको हो।
गत आर्थिक वर्षमा वितरण गरिएका कुल २३ लाख ४६ हजार सात सय ७० मूल्य बराबरका एक सय ९३ वटा घारमा फस्टाएका मौरी फोरेर नयाँ घारमा विस्तार गर्ने लक्ष्यका साथ यसवर्ष पनि किसानलाई खाली घार वितरण गरिएको कार्यक्रममा जानकारी दिइयो।
पोखरा महानगरपालिका–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले किसानलाई मौरी घार वितरण गर्दै व्यावसायिक मौरीपालनमा जुट्न वडावासीलाई आग्रह गरेका छन्। “महानगरले यस वडालाई मौरीको पकेट क्षेत्र घोषणा गरी मौरीपालक किसानलाई सहयोग गर्दै आएको छ”, उनले भने, “मह र घार बिक्रीबाट आयआर्जन गर्दै स्वरोजगार बन्नु आजको आवश्यकता हो।”
वडा कृषि सञ्जालका अध्यक्ष जितबहादुर बस्नेतका अनुसार घारमा महानगरको रु १३ लाख ९५ हजार सात सय ३० अनुदान र किसानको रु १३ लाख ५१ हजार ४० लगानी भएको छ।
गत जेठमा वितरण गरिएका घारबाट किसानले पहिलोपटक मह उत्पादन सुरु गरेको बताउँदै उनले चरनको राम्रो व्यवस्था र किसानको मेहनतले यस वडा महको हब बन्नेमा विश्वास व्यक्त गरे। उनले हालसम्म दुई सय ९३ थान मौरीका घार वितरण भइसकेको जानकारी दिए।
पोखरा–१६ स्थित महेन्द्र गुफा चोककी निर्मला बस्नेतले महानगर कृषि सञ्जालको अनुदान र व्यक्तिगत लगानीमा मौरीसहितका छ घार खरिद गरेको बताएकी छन्। उनले मह बिक्री पनि सुरु गरिरेकी छन्। “घरमा दुई वर्षअघि खरिद गरेको घार थियो, मह उत्पादन पनि राम्रै छ”, उनले भने, “अनुदानमा पाएको घार, सुरक्षा सामग्री र सूर्यमुखी फूलको बीउ एवं तालिमले मौरीपालनमा थप उत्साही बनाएको छ।” उनले मह प्रतिकेजी रु एक हजार पाँच सयमा बिक्री गर्दै आएका छन्।
अर्मला जुम्लेटिकी सीता कार्कीले पनि अनुदानमा उपलब्ध दुई वटा घार लिएकी छन्। “घरमा पहिलेकै चार वटा घार छन्, मह बिक्रीको चिन्ता छैन। ग्राहक घरमै आइपुग्छन्”, उनले भने।
मौरीपालक अर्मला डिहीकी रामलक्ष्मी गुरुङले चार वटा घारमा उत्पादित मह बिक्रीबाट गत वर्ष रु ६० हजार आम्दानी गरेको बताएकी छन्। उनले २० वटा घार बनाउने आफ्नो योजना रहेको सुनाए।
किसानलाई पोखरा महानगरपालिकाको आर्थिक सहयोग एवं कृषि सञ्जालको व्यवस्थापनमा व्यावसायिक कृषकलाई तीनदिने मौरीपालन तालिमसमेत प्रदान गरिएको थियो।
तालिम लिएका कृषकलाई मात्र अनुदानको घार वितरण गरिने व्यवस्था छ। महानगर कृषि महाशाखाले अर्मलालाई कृषिको हब बनाउने लक्ष्यका साथ मौरीसहित तरकारी, पशुपालन, आलुको बीउ उत्पादनलगायतका क्षेत्रमा अनुदानको व्यवस्था गरेर किसानलाई प्रोत्साहन गर्दै आएको छ।
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
जोनाथन डेभिडको ह्याट्रिकमा कतारमाथि क्यानडाको ६–० को ऐतिहासिक जीत, अन्तिम ३२ नजिक
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया