बिएल संवाददाता
आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेटअन्तर्गत समूह ‘डी’ को आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ।
केहीबेर अघि सम्पन्न खेलमा नेपाललाई पाकिस्तानले पाँच विकेटले हराएको हो। जितसँगै पाकिस्तान समूह ‘डी’बाट सुपर सिक्समा प्रवेश गरेको छ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित क्रिकेट मैदानमा नेपालले आज टस जितेर पहिला ब्याटिङ गर्दै पाकिस्तानलाई जितका लागि एक सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त विजय लक्ष्य पाकिस्तानले पाँच विकेटको क्षतिमा ४७ दशमलव चार ओभरमा पूरा गर्याे। पाकिस्तानका लागि आजन आविसले अविजित ६३, शम्याल हुसेनले ३७, शाहजैब खानले ३७, अहमद हसनले २९ तथा हारुन अर्शदले अविजित १५ रन बनाए।
बलिङतर्फ नेपालका आकाश चन्दले तीन तथा आकाश त्रिपाठी र दिपेश काडेलले एक एक विकेट लिए।
यसअघि पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नेपालले सवै विकेट गुमाएर एक सय ९७ रन बनाएको थियो। नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रनको योगदान दिए। उनले ६८ बल खेल्दै चार चौका र एक छक्का प्रहार गरे। यस्तै दीपक डुम्रेले ५८ बल खेल्ने क्रममा एक छक्कासहित २६ रन बनाए। कप्तान देव खनालले ३७ बलमा तीन चौकासहित २३, गुल्शन झाले १८, सुवास भण्डारीले २०, आकाश चन्दले अविजित १६, दिपेश कँडेलले १३ तथा अर्जुन कुमाल र आकाश त्रिपाठीले समान ६/६ रन बनाए।
बलिङतर्फ पाकिस्तानका अराफात मिनहासले तीन, उबैद शाह र अहमद हुसैनले दुई दुई तथा अली असफन्ड, खुबैब खलिल र मोहम्मद जिशनले एक एक विकेट लिए।
प्रतियोगितामा यसअघि नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो। पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई एक सय ८१ रनले हराएको थियो। नेपालले अब शुक्रबार समूह ‘डी’ को अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया