बिएल संवाददाता
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले टी– २० अन्तर्राष्ट्रिय क्रिकेट वरीयता सार्वजनिक गरेको छ। आइसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा भारतीय क्रिकेटर हार्दिक पान्ड्या टी– २० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा उक्लिएका छन्।
उनी दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा आइपुगेका हुन्। यसअघि गएको जुलाईमा पनि उनी शीर्ष स्थानमा पुगेका थिए। यो वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा यथावत् छन्। यस्तै इंग्ल्यान्डका लायम लिभिङ्गस्टोन दुई स्थान तल झर्दै तेस्रो स्थनमा छन्।
यस्तै टी– २० ब्याटिङ वरीयतामा अस्ट्रेलियाका ट्राभिस हेड शीर्ष र इंग्ल्यान्डका फिल साल्ट दोस्रो स्थानमा यथावत् छन्। यो वरीयतामा भारतका तिलक वर्मा एकैपटक ६९ स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेका छन्।
यस्तै टी–२० बलिङ वरीयतामा इंग्ल्यान्डका अदिल रशिद शीर्ष र श्रीलंकाका वानिन्दु हसरांगा दोस्रो स्थानमा यथावत् छन्। यो वरीयतामा अस्ट्रेलियाका एडम जम्पा पाँच स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेका छन्।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया