बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपिएल)काे फ्रेन्चाइज टाेली जनकपुर बोल्टस र हेटौँडा स्कूल अफ म्यानेजमेन्टबीच प्रायोजनसम्बन्धी सम्झौता भएको छ।
बुधबार म्यानेजमेन्टमै जनकपुर बोल्ट्सका महाप्रबन्धक निरज खतिवडा र हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीबीच प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हाे।
हेटौँडा स्कूल अफ म्यानेजमेन्ट जनकपुर बोल्ट्सको शैक्षिक साझेदारको रुपमा रहनेछ। प्रायोजन रकमबारे भने केही खुलाइएको छैन। जनकपुर बोल्ट्सका खेलाडी अनिल साह र शुभ कंशाकारको समेत उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरिएको हो। अनिल र शुभ दुवैजना म्यानेजमेन्टका पूर्वविद्यार्थी हुन्। यस्तै म्यानेजमेन्टले अनिल साहलाई आफ्नो ब्राण्ड एम्बेसेडर समेत नियुक्त गरेको छ।
प्रायोजनसम्बन्धी सम्झौतापछि हेटौँडा स्कूल अफ म्यानेजेमन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले यसपटक शैक्षिक साझेदारको रुपमा प्रायोजन गरेको म्यानेजमेन्टले आगामी दिनमा टिम नै खरिद गर्ने सम्भावना रहने बताए। क्रिकेटको विकासका लागि पूर्वराष्ट्रिय खेलाडी राम नरेश गिरीलाई प्रशिक्षक नियुक्त गरिएको पनि उनले बताए।
म्यानेजमेन्टमा दिवा समूहका सबै विद्यार्थीको बाक्लो उपस्थितिमाझ बारा जिल्लाका अनिल साहले आफ्नो व्यावसायिक क्रिकेटको सुरुवात भने मकवानपुरबाटै सुरु भएको बताए। उनले म्यानेजमेन्ट भन्ने बित्तिकै कडा अनुशासन भन्ने बुझिने उल्लेख गर्दै कडा अनुशासनको सिद्धान्तलाई आफूले क्रिकेटमा लागु गरेकै कारण सफलता मिलेको बताए।
आशिफ शेख मार्की प्लेयर भएको जनकपुर बोल्ट्समा नेपाली राष्ट्रिय टिमका पूर्वमुख्यप्रशिक्षक श्रीलंकाली पुबुदु दसानायके रहेका छन्। मंसीर १५ गतेदेखि काठमाडौंमा सुरु हुने एनपिएलमा जनकपुर बोल्ट्समा अमेरिका निवासी हेटौँडा– ५ का इन्जिनियर उत्सव सिग्देलले पनि लगानी गरेका छन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया