बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपिएल)काे पहिलाे संस्करणकाे उद्घाटनमा विराटनगर किंङ्स र जनकपुर बाेल्टस् भिड्ने भएका छन्।
एनपिएलकाे आयाेजक संस्था नेपाल क्रिकेट संघ (क्यान)ले साेमबार लिगकाे खेल तालिका सार्वजनिक गरेकाे हाे। जसअनुसार यही मंसिर १५ गते अपराह्न १२: १५ देखि विराटनगर र जनकपुर भिड्ने छन्।
त्यस्तै मंसिर १६ गते भने कुनै पनि खेल राखिएकाे छैन। त्यसदिन स्थानीय तहकाे उप-निर्वाचन रहेकाे छ। त्यसपछि मंसिर १७ गतेबाट नियमितरुपमा खेलहरु हुने छन्।
सार्वजनिक तालिका अनुसार दिनमा दुइटा खेल हुनेछन्।
पुस ३ गते पहिलाे क्वालिफायर र पुस ४ गते दाेस्राे क्वालिफायर हुनेछ। दुवै क्वालिफायरका विजेताले पुस ६ गते शनिबारकाे दिन उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
क्यानले पहिलाेपटक आयाेजना गर्न लागेकाे लिगमा कूल ८ टाेली सहभागी हुनेछन्। जसमा विराटनगर किंङ्स (सन्दीप लामिछाने), जनकपुर बाेल्टस् (आशिफ शेख), चितवन राइनाेज (कुशल मल्ल), काठमाडाैँ गुर्खाज् (करण केसी), पाेखरा एभेन्जर्स (कुशल भुर्तेल), लुम्बिनी लायन्स (राेहितकुमार पाैडेल), कर्णाली याक्स (साेमपाल कामी) र सुदूरपश्चिम राेयल्स (दीपेन्द्रसिंह ऐरी) रहेका छन्।
खेल तालिका:


‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया