बिएल संवाददाता
आइसिसी महिला टी- २० विश्वकपअन्तर्गतकाे खेलमा भारतमाथि अस्ट्रेलिया ९ रनले विजयी भएकाे छ।
आइतबार राति दुबईमा अस्ट्रेलियाले दिएकाे १ सय ५२ रनकाे लक्ष्य पछ्याएकाे भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्रै बनाउन सक्याे।
भारतका लागि कप्तान हर्मनप्रित काैरले अर्धशतक प्रहार गरे पनि त्याे जितकाे लागि पर्याप्त हुन सकेन।
त्यसअघि पहिले ब्याटिङ गरेकाे अस्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५१ रन बनाएकाे थियाे।
दुवै टाेली एउटै टाेली (समूह-ए)मा छन्। याे जितसँगै अस्ट्रेलियाले ४ खेलबाट ८ अंक जाेडेकाे छ।
भने, भारतले ४ खेलबाट ४ अंक जाेडेकाे छ। याे हारले भारतकाे सेमिफाइनल यात्रा कठिन बनेकाे छ। भारतकाे सेमिफाइनल यात्रा पाकिस्तान र न्युजिल्याण्डबीचकाे खेलपछि मात्रा टुङ्गाे लाग्नेछ।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया