बिएल संवाददाता
भारतले बंगलादेशविरुद्धको टी- २० सिरिज क्लीन स्वीप गरेको छ। गएराति सम्पन्न सिरिजको तेस्रो खेलमा भारतले बंगलादेशलाई १३३ रनले पराजित गर्दै सिरिज ३-० ले जितेको हो।
भारतले दिएको २९८ रनको विशाल लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रन बनाएको थियो।
बंगलादेशका लागि टोहिद हृदयले अविजित ६३ रन बनाएका थिए भने लिटन दासले ४२ रन बनाएका थिए ।
त्यस्तै यसअघि पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २९७ रन बनाएको थियो। भारतका लागि सञ्जु सामसनले ४७ बलमा १११ रनको शतकीय इनिङ खेलेका थिए। भने, कप्तान सूर्यकुमार यादवले ३५ बलमा ७५, हार्दिक पाण्डेयले १८ बलमा ४७, रियान परागले १३ बलमा ३४ रन बनाएका थिए।
यो जितपछि भारतले तीन खेलको सिरिज ३-० ले जितेको छ। यस खेलको प्लेयर अफ द म्याच सन्जु सामसन बने। भने, प्लेयर अफ द सिरिज हार्दिक पाण्डेय।
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया