बिएल संवाददाता
आजदेखि युएईमा सुरु भएको आइसीसी महिला टी- २० विश्वकपको उद्घाटन खेलमा बंगलादेशले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा बंगलादेशले स्कटल्याण्डलाई १६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
बंगलादेशले दिएको १२० रनको लक्ष्य पछाएको स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रनमात्र बनाउन सकेको थियो।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै ११९ रन बनाएको थियो।
जितपछि बंगलादेशले विश्वकपमा उत्साहजनक सुरुवात गरेको छ। आइसीसी विश्वकपमा १० वर्षपछि बंगलादेशको महिला टिमले कुनै जित हासिल गरेको छ। बंगलादेशले २०१४पछि विश्वकपमा जित हासिल गरेको हो।
अब बंगलादेशले आगामी शनिबार इङल्याण्डको सामना गर्ने छ। भने, स्कटल्याण्डले आइतबार वेस्ट इन्डिजको सामना गर्ने छ।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया