बिएल संवाददाता
वेस्ट इन्डिज र अमेरिकामा जारी आइसिसी टी– २० विश्वकपमा समूह चरणका खेल सकिएका छन्।
मंगलबार बिहान वेस्ट इन्डिज र अफगानस्थानबीचको खेल सकिएसँगै समूह चरण सबै खेल पूरा भएका हुन्। समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिज १०४ रनले विजयी भयो।
जुन २ तारिखबाट सुरु भएको विश्वकपको समूह चरणमा चार समूहमा २० देशबीच ४० प्रतिस्पर्धा भए।
समूह चरणबाट आठ टोली सुपर–८ मा पुगेका छन्। जसमा, समूह ए’बाट भारत र अमेरिका, समूह बी’बाट अस्ट्रेलिया र इङ्ल्याण्ड, समूह सी’बाट वेस्ट इन्डिज र अफगानस्तन र समूह डी’बाट दक्षिण अफ्रिका र बङ्गलादेश रहेका छन्।
भारत, अस्ट्रेलिया, वेस्ट इन्डिज र दक्षिण अफ्रिका अपराजित रहँदै सुपर– ८ मा पुगे।
टी– २० विश्वकप २०२४को चार देश जितविहीन रहँदै बाहिरिए। जसमा, आयरल्याण्ड, ओमान, पपुवा न्युगिनी र नेपाल छन्। यी मध्ये नेपालले वर्षाका कारण खेल रद्द हुँदा श्रीलंकासँग अंक बाढेको थियो।
त्यस्तै बलियो दाबेदार मानिएका पाकिस्तान र श्रीलंका खराब प्रदर्शन गर्दै विश्वकपबाट बाहिरिए।
एसोसिएट राष्ट्र अमेरिकाले पहिलोपटक समूह चरण पार पर्यो।
याे विश्वकपमा विशेषगरी अमेरिकी भूमिमा वर्षाका कारण केही खेलहरु अवरुद्ध भए। जसकारण केही टाेली सुपर- ८ छनाैटका महत्वपूर्ण प्रतिस्पर्धाहरु गर्न पाएनन्। जस्ताे कि अमेरिका र आयरल्याण्डबीचकाे खेल वर्षाका कारण रद्द हुँदा पाकिस्तानकाे आगामी यात्रा साेझै टुङ्गिएकाे थियाे। त्यस्तै नेपालसँगकाे खेल वर्षा कारण रद्द हुँदा श्रीलङ्का बाँकी खेल नखेल्दै सुपर-८ काे दाैडबाट बाहिरिन परेकाे थियाे।
जारी विश्वकपमा हालसम्म वर्षाका कारण चार खेल रद्द भएका थिए।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया