
बिएल संवाददाता
वेस्ट इन्डिज र अमेरिकामा जारी आइसिसी टी– २० विश्वकपमा समूह चरणका खेल सकिएका छन्।
मंगलबार बिहान वेस्ट इन्डिज र अफगानस्थानबीचको खेल सकिएसँगै समूह चरण सबै खेल पूरा भएका हुन्। समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिज १०४ रनले विजयी भयो।
जुन २ तारिखबाट सुरु भएको विश्वकपको समूह चरणमा चार समूहमा २० देशबीच ४० प्रतिस्पर्धा भए।
समूह चरणबाट आठ टोली सुपर–८ मा पुगेका छन्। जसमा, समूह ए’बाट भारत र अमेरिका, समूह बी’बाट अस्ट्रेलिया र इङ्ल्याण्ड, समूह सी’बाट वेस्ट इन्डिज र अफगानस्तन र समूह डी’बाट दक्षिण अफ्रिका र बङ्गलादेश रहेका छन्।
भारत, अस्ट्रेलिया, वेस्ट इन्डिज र दक्षिण अफ्रिका अपराजित रहँदै सुपर– ८ मा पुगे।
टी– २० विश्वकप २०२४को चार देश जितविहीन रहँदै बाहिरिए। जसमा, आयरल्याण्ड, ओमान, पपुवा न्युगिनी र नेपाल छन्। यी मध्ये नेपालले वर्षाका कारण खेल रद्द हुँदा श्रीलंकासँग अंक बाढेको थियो।
त्यस्तै बलियो दाबेदार मानिएका पाकिस्तान र श्रीलंका खराब प्रदर्शन गर्दै विश्वकपबाट बाहिरिए।
एसोसिएट राष्ट्र अमेरिकाले पहिलोपटक समूह चरण पार पर्यो।
याे विश्वकपमा विशेषगरी अमेरिकी भूमिमा वर्षाका कारण केही खेलहरु अवरुद्ध भए। जसकारण केही टाेली सुपर- ८ छनाैटका महत्वपूर्ण प्रतिस्पर्धाहरु गर्न पाएनन्। जस्ताे कि अमेरिका र आयरल्याण्डबीचकाे खेल वर्षाका कारण रद्द हुँदा पाकिस्तानकाे आगामी यात्रा साेझै टुङ्गिएकाे थियाे। त्यस्तै नेपालसँगकाे खेल वर्षा कारण रद्द हुँदा श्रीलङ्का बाँकी खेल नखेल्दै सुपर-८ काे दाैडबाट बाहिरिन परेकाे थियाे।
जारी विश्वकपमा हालसम्म वर्षाका कारण चार खेल रद्द भएका थिए।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया