बिएल संवाददाता
आइसिसी टी- २० विश्वकपमा नेपालले शनिबार (भाेलि) बिहान दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेल नेपाली समयअनुसार बिहान ५ : १५ बजेदेखि वेस्ट इन्डिजमा हुनेछ।
जारी विश्वकपमा नेपाल पहिलाे खेलमा नेदरल्याण्ड्ससँग पराजित भएकाे थियाे। भने, दाेस्राे खेल वर्षाका कारण रद्द हुँदा श्रीलंकासँग अंक बाढेकाे थियाे।
अघिल्ला खेल अमेरिकामा खेलकाे नेपालले बाँकी दुई खेल वेस्ट इन्डिजमा खेल्नेछ।
सुपर-एटमा पुग्नका लागि शनिबार बिहान दक्षिण अफ्रिका र बङ्गलादेशसँग हुने अन्तिम खेल जित्नु पर्ने दबाबमा नेपाल छ।
नेपाल रहेकाे समूह डी’बाट दक्षिण अफ्रिका नेपालसँग प्रतिस्पर्धा गर्नुअघि नै सुपर-एटमा पुगेकाे छ। अब याे समूहबाट अर्काे एक टाेली सुपर-एटमा पुग्नेछ।
याे समूहकाे शीर्ष स्थानमा रहकाे दक्षिण अफ्रिकाले लगातार तीन खेल जित्दै ६ अंक बटुलेकाे छ।
दाेस्राे स्थानमा रहेकाे बङ्गलादेशकाे ४ अंक रहेकाे छ। भने, तेस्राे स्थानमा रहेकाे नेदरल्याण्ड्सकाे २ तथा चाैथाे स्थानमा रहेकाे नेपाल र पाँचाैं स्थानमा रहेकाे श्रीलंकाकाे १-१ अंक रहेकाे छ।
४ अंक रहेकाे बङ्गलादेशलाई राेकेर नेपाल सुपर-एटमा पुग्ने सम्भावान कायम छ। त्यसका लागि नेपालले दक्षिण अफ्रिका र बङ्गलादेशलाई हराउनुपर्ने हुन्छ। तर, नेपालकाे लागि याे समीकरण सहज छैन।
सन्दीपकाे ‘इन्टी’
भिसा नपाएका कारण अमेरिकामा विश्वकप खेल्न नपाएका नेपाली क्रिकेट टाेलीका पूर्वकप्तानसमेत रहेका लेग स्पिनर सन्दीप लामिछानेले दक्षिण अफ्रिकासँगकाे खेलबाट विश्वकपमा ‘इन्ट्री’ गर्दैछन्।
नेपाली क्रिकेट जगतका सर्वाधिक सफल क्रिकेटर सन्दीपकाे आगमनले नेपालकाे नतिजामा केही प्रभाव पर्न सक्नेछ।
नेपाल क्रिकेट संघ (क्यान)ले प्रतिश जिसीकाे ठाउँमा पछिल्ला दुई खेलमा सन्दीपलाई समावेश गर्दैछ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया