बिएल संवाददाता
श्रीलंकाले जारी आइसिसी टी- २० विश्वकपमा लगातार दाेस्राे हार व्यहाेरेकाे छ।
शनिबार सम्पन्न खेलमा श्रीलंका बङ्गलादेशसँग २ विकेटले पराजित भएकाे हाे। श्रीलंकाले दिएकाे १२५ रनकाे लक्ष्य बङ्गलादेशले अन्तिम ओभरमा ८ विकेट गुमाएर पूरा गर्याे।
बङ्गलादेशकाे जितमा तोउहिद हृदयले ४०, लिटन दासले ३६ रन तथा महमुदुल्लाहले नटआउट १६ रन प्रहार गरे।
श्रीलंकाका नुवान तुसाराले ४ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाएकाे थियाे।
त्यसक्रममा पाथुम निसानकाले ४७, धनन्जय डिसिल्भाले २१, चरिथ असलंकाले १९ तथा एंजेलो मैथ्यूजले १६ रन बनाएका थिए।
अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेका थिएनन्।
श्रीलंकाले अब जुन १२ मा नेपालसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया