बिएल संवाददाता
आइसिसी टी- २० विश्वकपअन्तर्गत एसाेसिएट राष्ट्र क्यानडाले टेस्ट राष्ट्र आयरल्याण्डमाथि एतिहासिक जित निकालेकाे छ।
पहिलाेपटक विश्वकप खेलिरहेकाे क्यानडाले शुक्रबार राति सम्पन्न खेलमा आयरल्याण्डमाथि १२ रनकाे जित निकालेकाे हाे।
टस हारेर पहिले ब्याटिङ गरेकाे क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनाएकाे थियाे।
त्यसक्रममा क्यानडाका निकाेलस कार्टनले ४९, श्रेयस माेब्भाले ३७ तथा प्रगात सिंहले १८ रन प्रहार गरेका थिए।
आयरल्याण्डका क्राइग याेङ र बेरी मैकार्थीले २-२ विकेट लिए।
त्यसपछि जवाफी ब्याटिङमा उत्रिएकाे आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२५ रनमात्रै जाेड्न सक्याे।
त्यसक्रममा आयरल्याण्डका मार्क अडेयरले ३४, जर्ज डकरेल ३० तथा एन्डी बालबर्नीले १७ रन बनाए।
आयरल्याण्डलाई राेक्न जेर्मी गाेर्डन र डिलन हेयलिगरले २-२ विकेट लिए।
जारी प्रतियाेगितामा क्यानडाकाे याे पहिलाे जित हाे। पहिलाे खेलमा भने अमेरिकासँग पराजित भएकाे थियाे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया