
बिएल संवाददाता
इण्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफको समीकरण पूरा भएको छ।
शनिबार सम्पन्न अन्तिम दुई खेलमा सनराइजर्स हैदरावादले पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको थियो भने कोलकोता नाइट राइडर्स र राजस्थान रोयल्सबीचको खेल वर्षाले रद्द भएको थियो।
आइपिएलको यस सिजनमा कोलकोता २० अंकसहित शीर्ष स्थानमा रहेको छ भने सनराइजर्स १७ अंकरहित दोस्रो स्थानमा रहेको छ। अब पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने छ। यो खेल अहमदावादमा आगामी मंगलबार हुने छ।
त्यस्तै १७ अंकसहित रनरेटको आधारमा राजस्थान रोयल्स तेस्रो स्थानमा रहेको छ र १४ अंकसहित रोयल च्यालेन्जर्स बैंगलुरु चौथो स्थानमा रहेको छ। अब इलिमिनेटरमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्ने छन्। इलिमिनेट खेल मे २२ बुधबार अहमदावादमै हुनेछ।
पहिलो क्वालिफायरमा विजयी हुने टिम सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने छ। दोस्रो क्वालिफायर खेल मे २४ शुक्रबार चेन्नईमा हुनेछ।
त्यस्तै यस सिजनको फाइनल खेल मे २६ (आइतबार) मा चेन्नईमा हुनेछ।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया