बिएल संवाददाता
अष्ट्रेलियाका नेताहरू र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का सदस्यहरूले मेलबर्नमा आयोजित विशेष शिखर सम्मेलनपछि बुधबार गाजामा तत्काल युद्धविरामको आह्वान गरेका छन्।
आसियान र अष्ट्रेलियाले विशेष शिखर सम्मेलनको अन्त्यका लागि जारी विज्ञप्तिमा नेताहरूले गाजाको गम्भीर मानवीय अवस्थाबारे आफूहरूको साझा चिन्ता व्यक्त गर्दै तत्काल दिगो युद्धविरामका लागि आग्रह गरेका हुन्।
सबै नागरिक तथा नागरिकहरूको प्रगतिका लागि पूर्वाधारमाथिको आक्रमणको निन्दा गर्दै युद्धले गर्दा गाजामा खाना, पानी र अन्य आधारभूत आवश्यकतामा पहुँचसहित मानवीय सङ्कट अझै बल्झिँदै गएको उनीहरूले मेलबर्न घोषणामा उल्लेख गरेका छन्।
यसैगरी, उनीहरूले समुद्रमार्फत सीमा पार क्षमता बढाउन आवश्यक पर्ने सबैलाई द्रुत, सुरक्षित, निर्बाध र दिगो मानवीय पहुँचका लागि आह्वानसमेत गरेका छन्।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया