बिएल संवाददाता
अस्ट्रेलियाको पूर्वी राज्य क्विन्सल्याण्डमा आइतबार आएको भीषण आँधीबेहरीका कारण हजारौँ बासिन्दा विद्युत्विहीन भएको स्थानीय पत्रिका ‘द कुरियर मेल’ले जनाएको छ।
क्विन्सल्याण्ड सरकारको स्वामित्वमा रहेको विद्युत कम्पनी एनर्जेक्सका प्रवक्ताका अनुसार राज्यको दक्षिणपूर्वी भागमा १५ लाख घर र व्यवसायलाई बिजुली वितरण गर्ने कूल १२० पावरलाइनहरू अवरूद्ध भएका छन् र ५७ हजार ग्राहकहरू बिजुलीविहीन भएका छन्।
लोगान र ब्रिसबेनका केही भागहरूमा क्रिसमसको दिन कम्तिमा मध्याह्नसम्म बिजुलीविहीन हुनसक्ने र अधिकारीहरूले बासिन्दाहरूलाई ब्याक–अप योजनाको बारेमा सोच्न निर्देशन दिएका छन्।
एनर्जेक्सका प्रवक्ताले यस क्षेत्रका बासिन्दाहरूलाई क्रिसमस उत्सवहरू सोमबार सुचारु रूपमा चलाउन सुनिश्चित गर्न रेफ्रिजेरेटरहरू चलाउन रोकन र जेनेरेटर प्रयोगलाई बढाउन सुझाब दिएका छन्।
अस्ट्रेलियाली एबिसी न्युजले शनिबार असामान्य मौसमका कारण क्रिसमसको समयमा पूर्वी अस्ट्रेलियामा आँधीबेहरी आउन सक्ने जनाएको छ।
अन्टार्कटिकाबाट निस्केको ध्रुवीय हावा क्रिसमसको पूर्वसन्ध्या (आइतबार) देखि मङ्गलबारसम्म देशको दक्षिणपूर्वी राज्यहरूमा प्रवेश गर्ने अनुमान गरिएकोले आँधीबेहरीको असर व्यापक हुने अनुमान गरिएको छ।
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया