अन्नपूर्ण पोष्ट
संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ को नियम २२ (१) मा लेखिएको छ– ‘कुनै व्यक्तिले संस्थासँग करार गरेर संरक्षण क्षेत्रभित्रको कुनै जग्गामा होटेल, लज, सार्वजनिक यातायात वा यस्तै किसिमका अन्य सेवा व्यवसाय सञ्चालन गर्न सक्नेछ।’ तर, यस व्यवस्थाविपरीत देशकै ठूलो अन्नपूर्ण संरक्षण क्षेत्रमा गैरकानुनी तवरले दर्जनौं होटल, रेस्टुराँ सञ्चालनमा छन्। धेरै व्यवसायीले संस्थासँग करार गरेका छैनन्। जसले करार गरे उनीहरूले पनि आफ्नो व्यवसाय नवीकरण गरेका छैनन्।
अदालतले अवैध अवस्थामा रहेका घर, टहरा जफत गर्न भनेको छ। तर, फैसला कार्यान्वयनमा आउन सकेको छैन। कतिपय व्यवसाय स्थानीय सरकारमा दर्ता भई संस्थालाई बेवास्ता गरेको देखिन्छ। बिनाअनुमति सञ्चालित व्यवसाय रोक्न स्थानीय गाउँपालिका, वडा कार्यालय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले समन्वय गरेर काम गर्न सकिरहेका छैनन्। न पालिकाले चासो देखाएका छन् न त अन्नपूर्ण संरक्षण क्षेत्र नै अग्रसर देखिन्छ। बरु यी निकायबीच द्वन्द्व देखिन्छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया