बिएल संवाददाता
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नो कामका साथै व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहन्छिन्। ऐश्वर्या र अभिषेक फ्यानको मनपर्ने जोडी मध्ये एक हुन्।
फ्यानहरू दुबैलाई सँगै हेर्न रुचाउँछन्। तर, विगतमा उनीहरूको विवाहलाई लिएर विभिन्न किसिमका समाचार पनि बाहिर आएका थिए। तर उनीहरूले त्याे हल्लालाई अफवाह बनाएका छन्।
ऐश्वर्या र अभिषेकले विवाहको १७ वर्ष पूरा गरिसकेका छन्। दुबैले २० अप्रिल २००७ मा विवाह गरेका थिए।
विवाहको वार्षिकोत्सवको अवसरमा ऐश्वर्या र अभिषेकले आ–आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटै तस्विर सेयर गरेका छन्।
ऐश्वर्या र अभिषेक बाहेक यो तस्विरमा सबैलाई लाइमलाइटमा तानेकी आराध्या बच्चन हुन्। आराध्याको आमाबुवासँगको यो तस्विर निकै प्यारो छ। उक्त तस्बिरलाई फ्यानहरूले निकै रूचाइरहेका छन्।
उक्त तस्बिर सेयर गर्दा ऐश्वर्या र अभिषेकले क्याप्सनमा एउटा मात्रै रेड हार्ट इमोजी बनाएका छन्। उनीहरूकाे त्याे पाेस्टले सबै जनाकाे अफवाहलाई बन्द गराइदिएका छन्।
ऐश्वर्या प्रायः आफ्नो परिवारसँगको तस्विर सामाजिक सञ्जालमा सेयर गरिरहेकी हुन्छिन्
विशेषगरी छोरी आराध्यासँग।
बलिउड स्टारदेखि फ्यानसम्म सबैले उनीहरूकाे तस्बिर मनपराइरहेका छन् भने धेरै प्रयोगकर्ताहरूले आराध्याको सुन्दरताको तारिफ गरिरहेका छन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया