बिएल संवाददाता
श्रीदेवीकी छोरी जान्हवी कपूरलाई बलिउडमा अहिले पहिचानकाे कुनै कमी छैन।
उनले सन् २०१८ मा चलचित्र ‘धडक’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन्।करण जोहरले निर्माण गरेको उक्त फिल्ममा उनको अपोजिट इशान खट्टर देखिएका थिए।
तर जान्हवीलाई सिल्वर स्क्रिनमा अभिनय गरेको देख्नुअघि नै श्रीदेवीले संसारबाट अस्ताएकी थिइन्।
फिल्म रिलिज हुनुअघि नै श्रीदेवीको दुबईमा निधन भएको थियो। जान्हवीका लागि यो गहिरो धक्का थियो। तर आमाकाे निधनपछि उनकाे नाम चम्किदै गयाे।
श्रीदेवी छोरीको डेब्यूलाई लिएर निकै उत्साहित थिइन्। उनी पनि सुटिङको क्रममा जान्हवीलाई प्रोत्साहन गर्न सेटमा पुग्ने गर्थिन्।
भलै, सुरूवाती दिनमा श्रीदेवी छाेरी अभिनेत्री बनेकाे हेर्न चाहँदैनथिन् तर जाहन्वीकाे झुकाव अभिनयतिर देखेपछि उनले सहमति जनाएकी थिइन्।
आमाकाे अनुमति पाएर बलिउडमा पाइला चालेकी उनलाई करियरको सुरुमै साउथ सुपरस्टार महेश बाबुको फिल्म अफर गरिएको थियो। यो एआरद्वारा निर्देशित एक तेलुगु फिल्म 'मुर्गदास' थियो।
जान्हवीलाई त्याे अफर धडक अघि नै आएको थियो। तर जान्हवीले यो फिल्म अस्वीकार गरेकी थिइन्।
महेश बाबु र उनको उमेरको भिन्नताका कारण जान्हवीले फिल्म नखेलेकाे बताइएकाे छ। त्याे समयमा उनी इन्डस्ट्रीमा काम गर्न तयार थिइनन्। तर पछि फेरि उनले बलिउडमा कदम राखिन्।
इन्डस्ट्रीमा छिरेपछि उनकाे मनपर्ने अभिनेता बनेका थिए राजकुमार राव र विक्की कौशल। उनीहरूकाे अभिनय मनपरेकाे उनले बताएकी थिइन्।
श्रीदेवी बलिउडकी सान थिइन्। त्यसैले पनि उनीसँग जान्हवीकाे तुलना गरिँदै आएको छ। श्रीदेवीका फ्यानहरूले जान्हवीमा आमाको लुक्स देखिने पनि बताउने गरेका छन्।
तर, आफ्नी आमासँगको अभिनयको तुलनालाई लिएर जान्हवीले आफूले आमाको अभिनयलाई कहिल्यै पछ्याउन नसकेको बताउँछिन्।
उनले आफ्नी आमाका पाँचवटा मात्र फिल्म हेरेकाे बताएकी थिइन्। एक पटक उनलाई कस्तो स्क्रिप्ट रोज्ने भनेर सोध्दा उनले चुनौतीपूर्ण लाग्ने स्क्रिप्टमा भन्दा पनि क्यारेक्टरमा बढी ध्यान दिने बताएकी थिइन्।
उनले आफ्नी आमाबाट पनि यही पाठ सिकेकाे र क्यारेक्टर कस्तो हुन्छ भन्दा पनि क्यारेक्टर के हो भन्ने कुरा महत्वपूर्ण हुने बताएकी थिइन्।
'सिम्बा'काे अफर
धेरै कमलाई थाहा होला कि रोहित शेट्टी निर्देशित फिल्म सिम्बा पनि जान्हवी कपूरलाई अफर गरिएको थियो।
वास्तवमा यो फिल्मसँग प्रारम्भिक चरणमा कट्रिना कैफदेखि प्रिया प्रकाश वारियरसम्मको नाम जोडिएको थियो तर अन्त्यमा यो फिल्म सारा अली खानको झोलामा आयो।
तर, यो फिल्मको स्क्रिप्टको न्यारेसन सारा र जान्हवीलाई दिइएको बताइएको छ।फिल्मको बारेमा जान्हवी कपूरसँग पनि कुराकानी भएको थियो तर त्यतिबेला जान्हवीलाई रणवीर सिंह जस्ता ठूला स्टारसँग फिल्म गर्न मन लागेन, त्यसैले उनले त्यो फिल्मबाट पछि हटिन् र यो फिल्म साराको हातमा गयो।
फिल्म सिम्बामा काम गर्न नपाएपनि उनकाे चर्चा लाेभलाग्दाे छ। आफ्नो फिटनेसको विशेष ख्याल राख्ने उनी फिटनेसकाे कारण पनि चर्चा छाइरहन्छिन्।
विवादबाट टाढा
जान्हवी कपूरको नाम विवादबाट टाढै रहेकाे छ। उनी मिडियामा कुनै पनि प्रकारको बयान दिनबाट टाढै रहन्छिन्।
सामाजिक सञ्जालमा उनका धेरै तस्विरहरू चर्चामा रहन्छन्, तर पनि उनको कुनै तस्विरलाई लिएर ठूलो मात्रामा ट्रोलिङ वा कुनै किसिमको विवाद भएको छैन।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया