बिप्लव माओवादीले भन्यो-काभ्रे घटनामा प्रहरीले एक तर्फी गोली चलाएको हो

तस्बिरः बिएल

काभ्रेमा मंगलबार चैत ५ गते विप्लव समूहले गोली चलाउँदा प्रहरीले जवाफी कारबाही गरेको दाबी गर्दै आएका बेला विप्लव समूहले प्रहरीले ‘वकवास’ गरेको भनेर टिप्पणी गरेको छ ।

विप्लव समूहको मध्य केन्द्रीय कमाण्डका इञ्चार्ज हेमन्तप्रकाश ओलीले बिहीबार एक विज्ञप्ति जारी गर्दै काभ्रे गोलीकाण्डबारे पार्टीको धारणा सार्वजनिक गरेका छन्।

विप्लव समूहका कार्यकर्तालाई काभ्रेको रोशी गाँउपालिकामा पक्राउ गर्न खोज्दा दोहोरो फायरिङ भएको प्रहरीले बताउँदै आएका बेला ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्।

प्रहरीले गोली चलाएरै शिव धिमाल र विशाल तामाङलाई पक्राउ गरेको दबी गरेको छ।

‘निहत्थया, निःशस्त्र अभियानकमीले पहिले नै गोली चलाएकाले प्रहरीले जवाफी गोली चलाएको वकवास गरिएको’ ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘यो झुटो वकवासले जनयुद्वकालमा लगाइएको संकटकाललाई स्मरण गराएको छ’, विज्ञप्तिमा भनिएको छ,‘सरकार, गृहप्रशासन, सुरक्षा निकायका प्रमुख लगायतले देशलाई गृहयुद्वमा धकेलेर भ्रष्टाचार, कालोबजार, बलात्कार र अत्याचारलाई लुकाउन तथा अपराधीहरुलाई संस्थागत गर्न खोजेको छन्।’

विप्लव माओवादीले निकालेको प्रेस विज्ञप्ति

प्रकाशित मिति: : 2019-03-21 17:57:43

प्रतिकृया दिनुहोस्