शिव सेना,एनसीपी र कांग्रेसको सरकार बन्छः पवार

तस्बिरः एजेन्सी

राष्ट्रवादी कांग्रेस पार्टीका प्रमुख शरद पवारले महाराष्ट्रमा शिव सेना, एनसीपी र कांग्रेसको सरकारको बन्ने दाबी गरेका छन्।

यी तीन पार्टीले सरकार बनाउने काम शीघ्र गर्ने पवारले बताए। उनका अनुसार आफ्नो कार्यकाल पूरा गरेपछि सरकार बनाउने तयारी थाल्नेछन्।

उनले महाराष्ट्र राज्यमा मध्यावधी चुनावको सम्भावना नरहेको भन्दै समय सिमा सकिएकाले नयाँ सरकार बन्ने दाबी गरे ।

महाराष्ट्र राज्यमा अहिले राष्ट्रपति शासन लागू भएको छ। ूतीनै पार्टीहरू गम्भीरताका साथ राज्यमा स्थिर सरकार चाहन्छन् जुन न्यूनतम साझा कार्यक्रम अन्तर्गत राज्यको प्रगति र विकासमा आधारित हुनेछू –नेता पवारले भने। यतिबेला शिवसेना, एनसीपी र कांग्रेस लगातार वार्ता गरेर साझा कार्यक्रम तयार गरिरहेका छन्।

सरकार गठन गर्नका लागि भाजपासँग कुनै प्रकारको कुराकानी नभएको एनसीपी प्रमुख पवारले जिकिर गरे।'हामीले केवल कांग्रेस, शिव सेना अनि गठबन्धनका अन्य सहयोगीहरूसँग मात्र कुराकानी गरिरहेका छौं। त्यस बाहेक कसैसँग मेरो कुराकानी भएको छैन',उनले भने।

प्रकाशित मिति: : 2019-11-17 16:38:19

प्रतिकृया दिनुहोस्