कुटनैतिक पहल गर्न प्रधानमन्त्री ओलीलाई मूल प्रवाहको माग

बिएल

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली दूतावास मार्फत ज्ञापन पत्र बुझाएका छन्।

केहिदिन पहिले भारत सरकारले प्रकाशन गरेको नयाँ राजनीतिक नक्सामा नेपालको भूमि कालापानी,लिम्पीयाधुरा र लिपुलेकलाई भारतीय नक्सामा राखेको प्रति विरोध प्रकट गर्दै नेपाल सरकारको ध्यानाकर्षणका लागि पत्र बुझाइएको समाजका केन्द्रीय सचिव ठाकुर खनालले जानकारी दिए।

'४ मार्च १८१६ मा ब्रिटिस इण्डीया र नेपालबीच सम्पन्न सुगौली सन्धी भएको थियो।' सचिव खनालले भने,'त्यसपछि औपचारीक रूपमा उत्तर–पश्चिमी सिमामा कुनै परिवर्तन भएको छैन्।'  मूल प्रवाहले दिल्ली स्थित नेपाली दूतावास मार्फत प्रधानमन्त्री तथा नेपाल सरकार समक्ष, तत्काल भारत सरकारसँग उच्चस्तरिय कुटनैतिक पहल गर्न आग्रह गरेको छ।

सचिव खनालको नेतृत्वमा दुतावास पुगेको प्रतिनिधि टोलीमा केन्द्रीय सदस्य मतिराज गौतम, सल्लाहकार धनवीर पुन मगर, क्षेत्रीय कोषाध्यक्ष तिलक पाण्डे रहेको मूल प्रवाह भारत नेपाली एकता समाजले बताएको छ।

 

प्रकाशित मिति: : 2019-11-12 13:19:18

प्रतिकृया दिनुहोस्