शिव सेनाका वरिष्ठ नेता राउत अस्पताल भर्ना

तस्बिरः एजेन्सी

शिव सेनाका वरिष्ठ नेता सन्जय राउत अस्पतालमा भर्ना भएका छन्। नेता राउतको स्वास्थ्य अवस्था बिग्रेपछि मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको हो।

डाक्टरहरूले राउतलाई केहिदिन आराम गर्न सल्लाह दिएको शिव सेनाको मुखपत्र सामनाले जनाएको छ।

नेता राउत पछिल्लो समय भारतीय जनता पाटी र काम चलाऊ सरकारका मुख्यमन्त्री देवेन्द्र फडणवीस बिरुद्ध निकै खरो रुपमा उत्रिएका थिए। चुनावी गठबन्धन गरेको भाजपाले सेनालाई सरकारको नेतृत्वबाट बन्चित गर्ने प्रयास गरेको भन्दै राउतले दिनहुँ जसो भाजपा र फडणवीसलाई कडा शब्द प्रहार गरिरहेका थिए।

शिव सेनाले यसपटक महाराष्ट्र सरकारको नेतृत्व छाड्न हुन्ने भन्ने तर्कमा उनी दैनिक जसो सञ्चारमाध्यममा आफ्ना धारणाहरु राखिरहेका हुन्थे। स्वास्थमा समस्या देखिएपछि अस्पताल पुगेका राउतलाई नबोल्न र केहिदिन आराम गर्न डाक्टरहरूले सुझाएका छन्।

प्रकाशित मिति: : 2019-11-11 22:53:36

प्रतिकृया दिनुहोस्