पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई उपचारकै क्रममा हृदयघात

तस्बिरः एजेन्सी

पाकिस्तानको लाहुरस्थित सर्भिसेस हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री नवाज सरिफलाई उपचारकै क्रममा हृदयघात भएको छ ।

पाकिस्तानी वरिष्ठ पत्रकार हमिद मिरले शनिबार अस्पतालका चिकित्सकलाई उद्धृत गरी ट्वीटमार्फत यसको जानकारी गराएका हुन्।

'पूर्वप्रधानमन्त्री सरिफलाई हृदयाघात भएको छ तर चिकित्सकको उपचारपछि उहाँ यसबाट बाँच्न सफल हुनुभएको छ । यद्यपि अहिले उनले निकै कमजोर महशुस गर्नुभएको छु', ट्विटमा लेखिएको छ।

पाकिस्तानी समाचार संस्था जिओ न्यूजले पूर्वप्रधानमन्त्री सरिफको स्वास्थ्य उनलाई अस्पताल पुर्‍याइँदा नै निकै बिग्रिएको थियो ।

उनको रगतमा प्लेटलेटको सङ्ख्या निकै कम भएको अवस्थामा यसै हप्ता अस्पताल पुर्‍याइएको थियो।

विभिन्न भ्रष्टाचार अभियोगमा जेल पूर्वप्रधानमन्त्री सरिफको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै लाहोर उच्च अदालतले उपचारका लागि उनलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो।

जमानतमा रिहा हुनका लागि पाकिस्तानी पूर्वप्रधानमन्त्रीले एक करोड पाकिस्तानी रूपैयाँ बराबरको जमानतपत्र बुझाउनुपर्नेछ।

प्रकाशित मिति: : 2019-10-27 10:41:30

प्रतिकृया दिनुहोस्