जापानको चिबामा आँधीका कारण एक जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता छन्।
शनिबार बिहान पूर्वी जापानको चिबा प्रान्तमा आएको आँधीले गाडी पल्टिदा ५० वर्षका एक पुरूष च्यापिएका थिए । उनलाई अस्पताल पुर्याउँदा मृत घोषित गरिएको थियो।
त्यस्तै आँधीबाट जापानको सिजोउमा ४ जना बेपत्ता छन् भने ५० जना घाइते भएका छन्।आँधीका कारण भारी वर्षा पनि भइरहेको जापानी मौसम विभागले जनाएको छ।
शिजुओका, कानागावा, टोकियो, सैतामा, गुन्मा, यामानशी र नागानो प्रान्त लगायतका ठाउँहरूमा सतर्कता अपनाउन विभागले जनाएको छ।त्यस्तै शनिबार चिवालाई केन्द्रविन्दु बनाइ ५.७ रेक्टर स्केलको भूकम्प गएको छ।
स्थानीय समयअनुसार ६ बजेर २२ मिनेटमा गएको जापान टाइम्सले जनाएको छ।