अमेरिकी सेनाको हवाई हमलामा ३० सर्वसाधारण मारिए

अमेरिकी सेनाको हवाई आक्रमणबाट पश्चिमी अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ। 

हवाई आक्रमणबाट केही अन्य सर्वसाधारण घाईते भएको बताइएको छ।

संयुक्त राष्ट्रसंघले बुधबार एक विज्ञेप्ती जारी गरी घटनाको बारेमा जानकारी दिएको हो।

अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन युएनमाले प्रकाशन गरेका विज्ञप्तिमा यस आक्रमणमा परी ३९ व्यक्ति हताहत भएका बताएको छ।

जसमध्ये ३० मारिएका हुन्। हताहत भएका यी व्यक्तिहरुमा १४ बालबालिका र एक महिला रहेका पनि सो विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति: : 2019-10-09 15:58:01

प्रतिकृया दिनुहोस्