पत्रकार खशोग्जीको क्रूर हत्या भएको एक वर्ष पूरा, चोखिएनन् साउदी युवराज

साउदी सरकारका आलोचना गर्ने पत्रकार जमाल खशोग्जीको हत्या भएको एक बर्ष पुरा भएको छ ।

पत्रकार जमाल खशोग्जीलाई सन् २०१८ को अक्टोबर २ मा इस्तानुबलस्थित साउदी वाणिज्यदूतावासमा जोरजबर्जस्तीको घटनापछि प्राणघातक सूई दिएर हत्या गरिएको बताइन्छ ।

साउदी सरकारी अभियोजनकर्ताले उक्त हत्याको घटनाका सम्बन्धमा ११ जना विरुद्ध अभियोग लगाइएको बताएका छन् भने ति मध्ये पाँचजना विरुद्ध मृत्युदण्डको सजाय माग गरिएको छ।

उक्त घटनामा संलग्न भएको आशंकामा अन्य १० जना विरुद्ध छानविन जारी रहेको छ।उनका समर्थकहरूले अझै पनि न्यायको माग गरिरहेका छन्।

संयुक्त राष्ट्रसङ्घका एक अनुसन्धानकर्ताले उक्त घटनालाई ‘राज्यद्वारा गरिएको हत्या’ को सङ्ज्ञा दिएका छन्। त्यसबाट साउदी सरकारमाथि प्रश्न उठेको छ।

तर साउदी युवराज मोहम्मद बिन सलमानले उक्त आरोप अस्वीकार गरेका छन्।आलोचकहरू भन्छन्– 'युवराज मोहम्मदलाई यस्तो विषयमा जानकारी नहुनु अति नै असामान्य कुरा हो।'

उक्त हत्याका सिलसिलामा पक्राउ गरिएका २१ जना मानिसहरू मध्येका धेरैलाई विगतमा उनको सुरक्षा समूहको सदस्यका रुपमा देखिएको थियो।यो घटनाका सम्बन्धमा जेनरल असिरि र अन्य एकजना वरिष्ठ सल्लाहकार साउद अल-कतानीलाई तिनको पदबाट बर्खास्त गरिएको थियो।

यस्तो जानकारीको जवाफमा टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोग्लुले भनेका छन् यो मामिलामा साउदी वक्तव्य अपर्याप्त छ। ति पत्रकारको हत्या पूर्वनियोजित रुपमा नै भएको थियो भन्नेमा उनले जोड दिएका छन्।

प्रकाशित मिति: : 2019-10-03 11:19:05

प्रतिकृया दिनुहोस्