भारतको जोधपुरमा बस दुर्घटना, १० जनाको मृत्यु

सांकेतिक तस्बिर

भारतको राजस्थानस्थित जोधपुर नजिकै भएको बस दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएको छ । अरु थुप्रै यात्रु घाइते छन् ।

प्रहरीका अनुसार शुक्रबार यात्रुवाहक मिनीबसको टायर पड्कीएपछि बोलेरो गाडीसँग ठोक्किँदा दुर्घटना भएको हो ।

घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालमा लगिएको छ । घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।

प्रकाशित मिति: : 2019-09-27 16:36:20

प्रतिकृया दिनुहोस्