बिएल संवाददाता
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफैँले सहकारीकाे पैसा लिएकाे प्रमाण फेला परेकाे दाबी गरेका छन्।
प्रेस चौतारी नेपाल चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले चेकमा हस्ताक्षर गरेर आफैँले पैसा लिनेसम्मकाे काम गरेकाे प्रमाण फेला परेकाे दाबी गरेका हुन्।
‘उहाँले नयाँ पार्टी खाेलेर राजनीतिमा आइसकेपछि पनि चेकमा हस्ताक्षर गरेर आफैँले पैसा लिनेसम्मकाे काम गरेकाे प्रमाण फेला परेकाे छ। त्यसपछि उहाँले गल्ती गर्नुभएकाे हाेइन भन्ने कुरा चाहिँ अदालतकाे विषय हाे’, उनले भने।
साथै महासचिव पोखरेलले पूर्वगृहमन्त्री लामिछानेले संगठित रूपमा सहकारीकाे रमक अपचलनकाे लागि याेजना बनाएकाे देखिएकाे समेत जिकिर गरेका छन्।
‘उहाँले प्रतिसाेध प्रतिसाेध भन्दै हुनुहुन्छ, तथ्यले चाहिँ त्यसाे देखाउँदैन’, उनले भने, ‘तथ्यले चाहिँ एउटा संगठित रूपमा नै अपचलनकाे लागि याेजना बनाएकाे देखाउँछ।’
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया