बिएल संवाददाता
पहिचान पुरस्कार कोषले यस वर्षकाे पहिचान पुरस्कार राजु स्याङ्तानको कविता संग्रह ‘ओ पेङ्दोर्जे’ लाई नगद ४ लाख दुई हजार दुई रुपैयाँसहित ताम्रपत्र प्रदान गर्ने भएको छ।
मंसिर २८ गते बसेको कोषको बैठकले जुरीबाट आएको निर्णयलाई आधार मानि उत्कृष्ट आठ पुस्तक मध्यबाट उक्त कृतिलाई पुरस्कार दिने घोषणा गरेको हो।
ओ पेङदोर्जे कविता संग्रहले गोर्खा राज्य विस्तार हुनुअघि र गोर्खा राज्य विस्तार भएपछि आफ्नो पहिचानकोलागि रगत पसिना साथै जीवन आहुती दिने तामाङ जाति र अन्य भूइँ मान्छेहरुले खेपेको शोषणको बारेमा बताएको छ। उनको कविताहरुले आफ्नो पहिचान रक्षार्थ आन्दोलन, विद्रोह बोलेका छन्।
विशेषतः तामाङ जातिको आदिवासी सौन्दर्य जगेर्ना गर्न सफल छ। साँस्कृतिक जागरणको आव्हान गर्दै आफ्नो पहिचान रक्षाको लागि आवाज बुलन्द गरिएका छन्।
विषय, शिल्प, शैली, प्रस्तुति सबै दृष्टिकोणले कवितासङ्ग्रह ‘ओ पेङदोर्जे’लाई पहिचान पुरस्कार दिने घोषणा गरिएको संस्थापक नरेश काङमाङ राईले जानकारी गराए।
संस्थाले जनाएअनुसार, २०८१ साल चैत्र २३ गते भोजपुर जिल्लाको टेम्के मैयुङ गाउँ पालिका वडा नम्बर ४ को सुन्दर चखिया डाँडामा पुरस्कार वितरण गरिने छ।
तीन सालअघिदेखि चखियामा पुरस्कार प्रदान गरिँदै आएको छ। चैत्र २४ गते एक दिने ‘काव्य मुन्दुम पथ यात्रा’गर्ने तालिका पनि तय गरेको छ।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया