बिएल संवाददाता
पहिचान पुरस्कार कोषले यस वर्षकाे पहिचान पुरस्कार राजु स्याङ्तानको कविता संग्रह ‘ओ पेङ्दोर्जे’ लाई नगद ४ लाख दुई हजार दुई रुपैयाँसहित ताम्रपत्र प्रदान गर्ने भएको छ।
मंसिर २८ गते बसेको कोषको बैठकले जुरीबाट आएको निर्णयलाई आधार मानि उत्कृष्ट आठ पुस्तक मध्यबाट उक्त कृतिलाई पुरस्कार दिने घोषणा गरेको हो।
ओ पेङदोर्जे कविता संग्रहले गोर्खा राज्य विस्तार हुनुअघि र गोर्खा राज्य विस्तार भएपछि आफ्नो पहिचानकोलागि रगत पसिना साथै जीवन आहुती दिने तामाङ जाति र अन्य भूइँ मान्छेहरुले खेपेको शोषणको बारेमा बताएको छ। उनको कविताहरुले आफ्नो पहिचान रक्षार्थ आन्दोलन, विद्रोह बोलेका छन्।
विशेषतः तामाङ जातिको आदिवासी सौन्दर्य जगेर्ना गर्न सफल छ। साँस्कृतिक जागरणको आव्हान गर्दै आफ्नो पहिचान रक्षाको लागि आवाज बुलन्द गरिएका छन्।
विषय, शिल्प, शैली, प्रस्तुति सबै दृष्टिकोणले कवितासङ्ग्रह ‘ओ पेङदोर्जे’लाई पहिचान पुरस्कार दिने घोषणा गरिएको संस्थापक नरेश काङमाङ राईले जानकारी गराए।
संस्थाले जनाएअनुसार, २०८१ साल चैत्र २३ गते भोजपुर जिल्लाको टेम्के मैयुङ गाउँ पालिका वडा नम्बर ४ को सुन्दर चखिया डाँडामा पुरस्कार वितरण गरिने छ।
तीन सालअघिदेखि चखियामा पुरस्कार प्रदान गरिँदै आएको छ। चैत्र २४ गते एक दिने ‘काव्य मुन्दुम पथ यात्रा’गर्ने तालिका पनि तय गरेको छ।
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया