बिएल संवाददाता
मानव तस्करीमा मुछिएका एमाले कोशी प्रदेश सांसद लीलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिट सर्वोच्चमा दर्ता भएको छ।
बिहीबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेश गरेको रिट सर्वोच्चमा दर्ता भएको हो। अधिकारीमाथि मुद्दा नचलाउने सरकारी वकिलको निर्णय खारेज गर्न माग गर्दै त्रिपाठीले पेश गरेको रिट यसअघि सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो।
उक्त दरपीठका विरुद्धमा फेरि त्रिपाठी रिट लिएर सर्वोच्चमा पुगेका थिए। रिट बिहीबार दर्ता भएको र आइतबार सुनुवाइका लागि समय तोकिएको त्रिपाठीले जानकारी गराए।
पूर्वमन्त्रीसमेत रहेका अधिकारीले जापान आफू भ्रमणमा जाने समयमा अन्य केही व्यक्तिलाई पनि जापान लगेका थिए। जुन गैरकानुनी भएको भन्दै मन्त्रीसहित उनीसँग गएकाहरूलाई अध्यागमनले पक्राउ गरेको थियो।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया