बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनविपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट गरेका छन्।
नेकपा (एमाले) का काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभामा सम्बोधन गर्दै एमालेका अध्यक्ष ओलीले स्थिरता र सुशासनका लागि सोच, विचार गरेरै एमाले र नेपाली काङ्ग्रेस मिलेर सरकार बनाएकाले सरकार त्यस्ता गलत कार्यलाई नियन्त्रण गर्न सक्षम रहेको बताएका हुन्।
आफूहरुविरुद्ध अनेक हल्ला चलाइए पनि एमाले भ्रमको पछि नदौडने जनाउँदै उनले कागले कान लग्यो भन्दैमा कागका पछि पछि आकाशतर्फ हेरेर कागका पछि पछि दौडन आवश्यक नरहेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै उनले भने, ‘आफैँ सहकारी ठगी गर्ने अनि अरूलाई दोष लगाउने, मुह छाड्ने, गाली गर्ने जस्ता काम भएका छन्। यस्ता कुनै पनि प्रकारको ठगी सैह्य हुँदैन।’
‘नेपाली जनता आफ्नो अश संस्कृतिको इतिहास र गौरवलाई कायम गर्दै समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई पूरा गर्न अघि बढ्नेछ। नेपाली जनता भ्रममा पर्दैननन्’, प्रधानमन्त्री ओलीले भने, ‘अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोज्नेहरुले सार्वभौम जनताको भविष्यलाई संकटमा पर्ने प्रयास गरिरहेका छन्। यसमा हामी सचेत रहनुपर्छ। हाम्रा लागि देश र जनता प्रमुख कुरा हो। त्यसमा हामी दृढ तथा एकताबद्ध भएर लाग्नुपर्छ।’
प्रधानमन्त्री ओलीले आफ्ना सन्तानलाई अकुत सम्पत्ति थुपारेर अरबौँका मालिक बनेकाहरूले आफ्नोविरुद्ध आरोप लगाउँदै हिँडेका स्पष्ट गदै आफूमाथि भ्रष्टाचारको औँला ठड्याउनेलाई बहसमा आउन चुनौती दिए।
अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले अहिलेको सरकार समाज र समुदायबीच अनेक खालका विद्वेष फैलाउने कार्यलाई निरत्साहित गर्न लाग्ने बताए।
बैङ्कको ऋण तिर्नु पर्दैन भन्नेहरुले देशको अर्थतन्त्रलाई ध्वस्त बनाउने उल्लेख गर्दै उनले उद्योगबाट बिलबमोजिम बक्यौता नउठाउने तर विजुलीको लाइन काट्ने काम पनि देशको अर्थतन्त्र ध्वस्त पार्न खोज्ने शक्तिले गरेको दाबी गरे।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया