बिएल संवाददाता
हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन्।
वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६२१ नम्बरको बस आज बिहान करिब ९ः१५ बजे ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टिएको जिल्ला प्रहरी मकवानपुरले जानकारी दिएको छ।
दुर्घटनामा परेका सबै घाइतेहरूलाई तत्काल उद्धार गरी हेटौँडा अस्पतालमा भर्ना गरिएको छ।
घाइतेहरूमध्ये बारा कलैया उपमहानगरपालिका–२३ का ३२ वर्षीय सुरेन्द्र शर्मा, भारतीय नागरिक ४१ वर्षीय रन्जन कुमार सिंहलगायत रहेका छन्। बारा पर्सैनि गाउँपालिका–३ की ९ वर्षीया जोनीशा कुमारी ठाकुरको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूमा भारतीय तथा नेपाली नागरिकहरूसमेत रहेका छन्, जसमध्ये धेरैजसोको अवस्था मध्यम रहेको छ।
रातोमाटे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नविन विक्रम थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगी उद्धार कार्य गरेको थियो। प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया