आज अन्तर्राष्ट्रिय साक्षरता दिवस, प्रधानमन्त्रीले दिए शुभकामना

Break n Links
Break n Links

प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

आइतबार ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले अनिवार्य तथा निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चितता गरिने प्रतिबद्धता गरेका छन्।

विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाको अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा अध्यक्ष ओलीको भनाइ छ।

‘विश्व अहिले सूचना प्रविधिको युगमा प्रवेश गरेको छ, त्यसकारण प्रविधिमैत्री साक्षरता र सीप अहिलेको आवश्यकता हो। प्रविधिमैत्री शिक्षा प्रदान गर्न सरकारले योजनाबद्ध रूपमा कार्य अगाडि बढाइरहेको छ,’ शुभकामना सन्देशमा उल्लेख छ।

सरकारले दिवा खाजा, छात्रवृत्तीलगायत अन्य प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको र यसलाई अझै सुधार गर्दै लैजाने सरकारको योजना रहेको स्पष्ट पारे।

प्रकाशित मिति: : 2024-09-08 09:22:00

प्रतिकृया दिनुहोस्