एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित

Break n Links
Break n Links

नेकपा (एकीकृत समाजवादी) पार्टीको वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन्।

घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। तर औपचारिक घोषणा भने हुन बाँकी छ।

एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि आज हुने मतदानमा पाण्डे र बस्नेतले उम्मेदवारी दिएका थिए। तर बस्नेतले उम्मेदवारी फिर्ता लिएका हुन्।

वरिष्ठ उपाध्यक्ष निर्विरोध भएसँगै आजकाे निर्वाचनमा उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष तथा पोलिटब्युरो सदस्य चयन गरिँदैछ।

निर्वाचनबाट ६ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने छन् भने १०५ जना पोलिटब्युरो सदस्य निर्वाचित हुनेछन्।

यसअघि गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औँ महाधिवेशनले २१ पदाधिकारीमध्ये पार्टी अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई सर्वसम्मत चयन गरेको थियो।

प्रकाशित मिति: : 2024-08-27 12:50:00

प्रतिकृया दिनुहोस्