‘बिजनेस’ लिन विमानस्थल निर्माण, चलाउन नसक्दा बिजनेस विनै उडान प्रस्ताव

रातोपाटी

काठमाडौं
Break n Links
Break n Links

विना योजना तथा लक्ष्य काम गर्दा नाफा भन्दा बढी घाटा आइलाग्छ भन्ने तथ्यको ज्वलन्त उदाहरण हो ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल’ र भैरहवा स्थिति ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’ । यी दुई विमानस्थलबाट बिजनेस लिनेभन्दा बढी कसरी उडान नियमित गराउने भन्ने ठुलो चिन्तामा यतिबेला सरकार छ ।

जनवरी १, २०२३ देखि औपचारिक रुपमै सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा १ अर्ब ३७ करोड ८७ लाख ४० हजार युआन अर्थात् करिब २६ अर्ब रुपैयाँ बराबरको चिनियाँ ऋण लगानी छ । 

सम्झौता अनुसार वर्षमा दुई पटक (६-६ महिनामा) गरी सरकारले १ अर्ब ९४ करोड ५० लाख ८४ हजार रुपैयाँ किस्ता भुक्तानी गर्नुपर्छ । यो भनेको प्रतिमहिना १६ करोड २० लाख ९० हजार रुपैयाँ बराबरको खर्च हो । तर, विमानस्थल निर्माण सम्पन्न भएको करिब १९ महिना बित्दा पनि नियमित एउटै अन्तर्राष्ट्रिय उडान  हुन सकेको छैन । 

प्रकाशित मिति: : 2024-08-23 11:56:00

प्रतिकृया दिनुहोस्