बंगलादेशकाे संसद् भंग

Break n Links
Break n Links

बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्धिनले अन्तरिम सरकार गठनका लागि मंगलबार संसद् भंग गरेका छन्।

राष्ट्रपतिले तीनवटै सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका शीर्ष नेता, नागरिक समाजका प्रतिनिधि र आन्दोलनकारी विद्यार्थी नेतासँगको बैठकपछि १२ औं संसद् विघटन गरेका हुन्।

राष्ट्रपतिको कार्यालयले मंगलबार एउटा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेख हसिना बंगलादेशबाट पलायन भएपछि संसद् विघटन गरेको जनाएका छन्।

आन्दोलनकारी विद्यार्थी नेताहरू संसद् विघटनकाे स्वागत गरेका छन्।

त्यस्तै, विद्यार्थी नेताहरूले यदि सेनाले सरकार बनाए त्याे अमान्य हुने घोषणा गरेका छन्। आन्दोलनका संयोजकहरूले फेसबुकमा एउटा भिडियाे सार्वजनिक गर्दै सैन्य शासन अस्वीकार गर्ने र नयाँ अन्तरिम सरकारको नेतृत्व मोहम्मद युनुसले गर्नुपर्ने बताएका हुन्।

ग्रामीण बैंक स्थापना र लघुवित्त अवधारणाको थालनी गरेकाले युनुसलाई सन् २००६ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो।

उनी ८४ वर्षका छन्।

उनको अवधारणाले दशौँ लाख मानिसलाई गरिबीबाट निस्किन सहयोग पुगेको बताइन्छ।

प्रकाशित मिति: : 2024-08-06 15:52:00

प्रतिकृया दिनुहोस्