पुन: सञ्चालनमा आयाे १०६ वर्ष पुरानो दमकल (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं
Break n Links
Break n Links

ललितपुरमा रहेकाे १०६ वर्ष पुरानो दमकल पुन: सञ्चालनमा आएको छ।

ललितपुर महानगरपालिकाले दमकलकाे मर्मत संहार गरेर आइतबारदेखि सञ्चालनमा ल्याइएको हो।

झन्डै ४० वर्ष प्रयोगविहीन भएकाे उक्त मोहनप्रसाद नहकर्मीले मर्मत गरेका हुन्।

साे दमकलकाे आज काठमाडौँ, भक्तपुर र ललितपुरमा परीक्षण गरिने महानगरले जनाएकाे छ।

ललितपुरका मेयर चिरीबाबु महर्जनले विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले यो दमकल थन्काएर राखेको अवस्था रहेकोमा अमेरिकाबाट पार्टहरु मगाएर मर्मत गरी सञ्चालनमा ल्याएको जानकारी दिए। 

प्रकाशित मिति: : 2024-07-21 12:11:00

प्रतिकृया दिनुहोस्